PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

भावी प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध एउटा पनि उजुरी परेन



पहिलोपोस्ट

भावी प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध एउटा पनि उजुरी परेन

काठमाडौँ: शैक्षिक योग्यता र उमेर विवादका कारण सिफारिसकै क्रममा निकै विवाद भएका प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदमा भने एउटा पनि उजुरी परेन्। संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ प्रक्रिया अघि बढाउनु पहिले आह्वान गरेको समयमा एउटा पनि उजुरी दर्ता नभएको हो। पराजुलीमाथि उजुरी गर्ने समय असार १९ गतेदेखि २८ गतेसम्म तोकिएको थियो। 

एउटा पनि उजुरी नपरेपछि समितिले सुनुावइको प्रक्रिया अघि बढाउन आज बिहान साढे आठ बजे समितिको बैठक बोलाइएको छ। समितिले छिटोमा शुक्रबारकै दोस्रो बैठकमा पराजुलीको संसदीय सुनुवाइ गर्नेछ। समिति सचिवालयले भने आइतबार सुनुवाइ गर्ने तयारी गरेको छ। 

संवैधानिक परिषदले पराजुलीलाई असार १५ गते प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। पराजुलीको शैक्षिक योग्यता र उमेर विवादमा केही समय प्रमुख प्रतिपक्ष दलको असन्तुष्टिका कारण सिफारिस रोकिएको थियो। तर, दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिए लगत्तै उनको सिफारिस भएको थियो। 

उजुरी नपरेपछि अब सुनुवाइको कार्यविधि अनुसार पदाधिकारीको सुनुवाइ हुनेछ। समितिले सुनुवाइ गरी प्रस्तावित पदाधिकारी स्वीकृत वा अस्वीकृतको जानकारी सम्वन्धित निकायलाई दिनुपर्नेछ। 

प्रस्तावित पदाधिकारीको नाम अस्वीकृत गर्न दुई तिहाइ बहुमत आवश्यक पर्नेछ। अनुमोदनका लागि भने बहुमत भए पुग्ने संसद् कार्यसञ्चालन नियमावलीमा व्यवस्था छ। सुनुवाइका लागि पत्राचार भएको ४५ दिनसम्म पनि समितिले सुनुवाइ गर्न नसके नियुक्तिका लागि बाधा नपर्ने नियमावलीमा व्यवस्था छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell