PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

निर्वाचन आयोगद्वारा गाडी खरिद प्रक्रिया सुरु, पाँचवटा गाडी किन्न बोलपत्र आह्वान

निर्वाचन आयोगद्वारा गाडी खरिद प्रक्रिया सुरु, पाँचवटा गाडी किन्न बोलपत्र आह्वान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: निर्वाचन आयोगले पाँचवटा गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ। गाडी खरिद प्रक्रियामा आयोग पदाधिकारी र सचिवबीचको विवादका कारण चर्चामा रहेको खरिद प्रकरण आयोगले अघि बढाएको हो।

तत्कालीन सचिव गोपीनाथ मैनालीले विलासी गाडी खरिद रोक्न खोज्दा आफ्नो सरुवा भएको बताउँदै आएका छन्। निर्वाचन प्रक्रिया जारी रहेकै बेला सचिव मैनालीको सरुवा भएको थियो।

पढ्नुस् : निर्वाचन आयोगमा विलासी गाडी र फजुल खर्च रोक्न खोजेँ, सरुवा गरियो: सचिव गोपीनाथ मैनालीको खुलासा

आयोगले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी पाँचवटा गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो। आयोगको सूचना अनुसार गाडी उत्पादक, वितरक र कारोबार गर्ने फर्महरुले पनि बोलपत्रमा सहभागी हुन पाउँनेछन्। साउन ३२ सम्म आवश्यक सम्पूर्ण कागजात दर्ताको प्रक्रिया पूरा गर्न आयोगले सूचनामा उल्लेख गरेको छ।

खरिद प्रक्रियामा रहेका गाडीको प्राविधिक विवरण र आवश्यकता भने सूचनामा उल्लेख गरिएको छैन।

गाडी खरिद प्रक्रियासँग जोडेर आफुलाई हटाइएको तत्कालीन सचिव मैनालीको आरोपपछि आयोगको आलोचना भएको थियो। तर, आलोचना सेलाउन नपाउँदै आयोगले खरिद प्रक्रिया अघि बढाएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell