PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

फ्राइडे रिलिज  : 'सायद २' भर्सेस 'म यस्तो गीत गाउँछु'



पहिलोपोस्ट

फ्राइडे रिलिज  : 'सायद २' भर्सेस 'म यस्तो गीत गाउँछु'

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत दुई प्रतिक्षित नेपाली फिल्म रिलिज भएका छन्, 'सायद २' र 'म यस्तो गीत गाउँछु'।

सायद २ यसअघिको सफल फिल्म सायदको सिक्वेल हो भने निर्देशक सुदर्शन थापाले फिल्म प्रेमगीतको गीत म यस्तो गीत गाउँछुको शब्द सापटी लिएर नयाँ फिल्म बनाएका हुन्।

पुष्पराज टी ले लेखन तथा निर्देशन गरेको फिल्म सायद टु मा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुशिल सिटौला, निशा कार्की, सुनिल रावल लगायतको अभिनय रहेको छ। दुर्गिस फिल्म्सको प्रस्तुती रहेको फिल्मलाई सुनिल रावल,इश्वर श्रेष्ठ र सुभास लामिछानेले नर्माण गरेका हुन्।  फिल्मको कथा सुनिल रावलकै हो भने संवाद केदार भुसालले लेखेका छन्। फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

यस्तै सुदर्शन थापा प्रोडक्सनको प्रस्तुती रहेको म यस्तो गीत गाउँछु मा पल शाह र पुजा शर्माको मुख्य भूमिका रहेको छ। यसबाहेक सरोज खनाल, रुना राना, राजाराम पौडेल, मोहन निरौला, नवीन मानन्धर लगायतको अभनय छ।

फिल्मलाई निर्देशक थापा र नायिका शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन्। निर्देशक थापाकै कथा रहेको फिल्मको संवाद थापा दीनेश न्यौपानेले लेखेका छन्। फिल्मलाई प्रतम पाण्डेले सम्पादन गरेका हुन्।

बलिउडतर्फ भने फिल्म ‘जग्गा जासुस’ नेपालका लागि पनि प्रदर्शनमा आएको छ। म्युजिकल लभ स्टोरी ड्रामामा रणबीर कपूर र कट्रिना कैफको मुख्य भूमिका रहेको छ। फिल्मलाई रणबीरले निर्माणसमेत गरेका हुन्।  

तीन वर्षअघिदेखि प्रोडक्शनमा रहेको जग्गा जासुसमा गोबिन्द पनि देखिएको छन्। 

हलिउड फिल्म ‘वार फर द प्लानेट अफ द एप्स’। साइन्स फिक्शन फिल्मलाई म्याट रिभिसले निर्देशन गरेका हुन्। मार्क बमब्याक लिखित फिल्म ‘राइज अफ द प्लानेट अफ द एप्स’ र‘ड्वान अफ द प्लानेट अफ द एप्स’को बहुप्रतिक्षित सिक्वेल हो। फिल्ममा यान्डी सर्किस, उडी ह्यारिसन, स्टिभ ज्यान, टेरी नोटरी, जुडी ग्रिरलगायतको अभिनय रहेको छ। 

फिल्म मल्टिप्लेक्सहरुमा प्रदर्शनरत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell