PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

फोटोपत्रकारको जोखिम र सुरक्षा सम्बन्धी दुई दिने फोटो प्रदर्शनी आजबाट



पहिलोपोस्ट

फोटोपत्रकारको जोखिम र सुरक्षा सम्बन्धी दुई दिने फोटो प्रदर्शनी आजबाट

काठमाडौं : फोटो पत्रकारहरुले भोग्नुपर्ने जोखिम र चुनौतिको विषयलाई समेट्दै काठमाडौंमा आजदेखि दुई दिने फोटो प्रदर्शनी हुँदैछ।

फोटो पत्रकार क्लब नेपालको आयोजनामा पत्रकारिता र सुरक्षा विषयमा हुने उक्त प्रदर्शन राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा शुक्रबार र शनिबार संचालन हुनेछ।

नेपालका फोटो पत्रकारहरुले आफ्नो कार्यक्षेत्रमा भोगेका जोखिमपूर्ण अवस्थाहरुलाई प्रदर्शनीमा समेटिने आयोजकले जनाएको छ।

इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा हुने फोटो प्रदर्शनीमा ४५ वटा फोटाहरु समावेश गरिनेछ भने प्रदर्शनीमा प्रवेश नि:शुल्क रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell