
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति भएको आगलागीबाट करोडौंको क्षति भएको छ।
विद्युत सर्ट भइ युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको गोदाममा आगलागी भएको हो।
आगलागीबाट गोदाममा रहेका सवै सामग्री जलेका छन्। आगलागीबाट गोदामसँगै रहेको एउटा आयुर्वेद औषधि पसल र खाद्यान्न सामग्रीको पसलसमेत जलेको छ।
मध्यराति साढे १२ बजेदेखि सुरु भएको आगलागी इटहरी, धरान, विराटनगर र इनरुवाबाट आएका बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा विहान चार बजे निभाइएको थियो। प्रहरीले आगलागीको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ। रासस