
नयाँदिल्ली : भारतीय रेलसेवा मन्त्री सुरेश प्रभुले भारतका रेलहरुमा कोइलाको प्रयोग कम गर्दै बैकल्पिक उर्जाको प्रयोगलाई बढाउने बताएका छन्।
कोइला उत्पादन गर्ने कारखानाबाट उत्पादित कोइला ठूलो मात्रामा राज्यद्वारा संचालित रेलले खपत गर्दै आइरहेका छन्।
मन्त्री प्रभुले गत महिना पनि भारतीय रेल सेवालाई कोइलामाथिको निर्भरता कम गर्न परम्परागत रेलमार्गमा सुधार गर्दै विद्युतीय रेलमार्ग बनाउने बताएका थिए।
मन्त्री प्रभुले भनेका छन्,‘वातावरणीय प्रभावलाई ध्यान दिँदै हामीले परम्परागत प्रयोगलाई कम गर्ने प्रयास गरिरहेका छौं, अव विद्युतीय रेलमार्ग बनाउनेलगायतका नयाँ प्रयोगका प्रयासहरु सुरु गर्ने छौं र कोइलाको प्रयोग कम हुनेछ।’
भारतीय रेल सेवा विश्वकै सवै भन्दा ठुलो सञ्जाल भएको रेल सेवा हो । भारतमा झण्डै नौ हजार रेल सञ्चालनमा छन् भने हरेक दिन एक करोड असी लाखले रेल सेवा प्रयोग गर्दछन्। रासस/सिन्ह्वा