PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको आइतबार संसदीय सुनुवाइ



पहिलोपोस्ट

प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको आइतबार संसदीय सुनुवाइ

काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको संसदीय सुनुवाइ साउन १ गते हुने भएको छ। शुक्रबार बिहान बसेको समितिको बैठकले आइतबार पराजुलीको सुनुवाइ गर्ने निर्णय गरेको हो।

प्रस्तावित प्रधानन्यायाधीश पराजुलीविरुद्ध समितिमा उजुरी परेको छैन। समितिले सुनुवाइ प्रक्रिया अघि बढाउनु पहिले आह्वान गरेको समयमा एउटा पनि उजुरी दर्ता नभएको हो। पराजुलीमाथि उजुरी गर्ने समय असार १९ गतेदेखि २८ गतेसम्म तोकिएको थियो।

संवैधानिक परिषदले पराजुलीलाई असार १५ गते प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। पराजुलीको शैक्षिक योग्यता र उमेर विवादमा केही समय प्रमुख प्रतिपक्ष दलको असन्तुष्टिका कारण सिफारिस रोकिएको थियो। तर, दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिए लगत्तै उनको सिफारिस भएको थियो।

सुनुवाइको कार्यविधि अनुसार प्रस्तावित पदाधिकारीको सुनुवाइ गरी समितिले स्वीकृत वा अस्वीकृतको जानकारी सम्वन्धित निकायलाई दिनुपर्नेछ। प्रस्तावित नाम अस्वीकृत गर्न दुई तिहाइ बहुमत आवश्यक पर्नेछ। अनुमोदनका लागि भने बहुमत भए पुग्ने संसद् कार्यसञ्चालन नियमावलीमा व्यवस्था छ। सुनुवाइका लागि पत्राचार भएको ४५ दिनसम्म पनि समितिले सुनुवाइ गर्न नसके नियुक्तिका लागि बाधा नपर्ने नियमावलीमा व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell