PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

 अमेरिकी राष्ट्रपति फ्रान्सको राष्ट्रिय दिवस विशेष समारोहमा सहभागी हुँदै



रासस

 अमेरिकी राष्ट्रपति फ्रान्सको राष्ट्रिय दिवस विशेष समारोहमा सहभागी हुँदै
फोटो श्रोतः thespec.com

पेरिसः फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष सैनिक परेड अवलोकन गर्दै छन्। 

फ्रान्सेली राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने परेडलाई विशेष परेडका रुपमा लिइन्छ। राष्ट्रिय दिवसका अवसरमा यहाँ विशेष कार्यक्रमको अयोजना गर्ने गरिएको छ। 

फ्रान्सका नवनियुक्त राष्ट्रपति इमानुअल म्याक्रोनको आमन्त्रणमा अमेरिकी राष्ट्रपति ट्रम्प बिहीबार फ्रान्स पुगेका हुन्। उनले भ्रमणका क्रममा फ्रान्सको विशेष आतिथ्यता ग्रहण गर्ने बताइएको छ। 

फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिने एक विशेष कार्यक्रममा उनलाई सम्मानस्वरुप प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो। 

फ्रान्सको राष्ट्रिय दिवस जुलाई १४ मा पर्दछ। यस दिवसको अवसरमा आज पेरिसमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। 

विशेष समारोहमा सैनिकले हेलिकोप्टरबाट पुष्पबृष्टि गर्नुका साथै विभिन्न कलाकौशल प्रदर्शन गर्ने गर्दछन्। यस्तो कला कौशलको अवलोकनका लागि फ्रान्सले वर्षेनी कुनै न कुनै देशका प्रधानमन्त्री वा राष्ट्रपतिलाई विशेष अतिथिका रुपमा आमन्त्रण गर्ने गर्दछ। 

उता आज नै फ्रान्समा गतवर्ष भएको आतङ्ककारी हमलाको बार्षिकी पनि परेको छ। गतवर्ष आजकै दिन फ्रान्सको निस सहरमा भएको आतङ्ककारी हमलामा कैयौँ नागरिकको ज्यान गएको थियो। 

त्यहाँ हुने श्रद्धाञ्जली समारोहमा पनि उनीहरु उपस्थित हुनेछन्। उनीहरुले हमला भएको स्थानमा गएर मृतकहरुप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाइएको छ। 

फ्रान्सेली राष्ट्रपति ३९ वर्षीय म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विशेष स्वागत गरेको करिब ६ हप्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नो देशमा विशेष स्वागत गर्दै छन्। 

फ्रान्स र अमेरिकी सम्बन्धमा केही समयअघिदेखि उतार चढाव आइरहेको बताइएको थियो। फ्रान्सको पेरिसमा गतवर्ष सम्पन्न पेरिस सम्झौतामा अमेरिकाको विरोध रह्यो। सोही कारण पनि अमेरिकाको विरोध भएको थियो। 

बिहीबार राष्ट्रपति म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। सो अवसरमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले शुक्रबार विशेष समारोहको आयोजना हुने र त्यसको अवलोकनका लागि आफू पनि निकै उत्सुक रहेको बताएका थिए। 

फ्रान्सको गृह मन्त्रालयले दिएको जानकारी अनुसार विशेष सामारोहलाई थप आकर्षक र विशेष बनाउन कम्तीमा पनि १ लाख ३० हजार प्रहरी खटाइएको छ।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell