PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कांग्रेसको रामहरि जोशीप्रति शोक प्रस्ताव : तीन दिन झण्डा झुकाउने, एक दिन कार्यालय बन्द



पहिलोपोस्ट

कांग्रेसको रामहरि जोशीप्रति शोक प्रस्ताव : तीन दिन झण्डा झुकाउने, एक दिन कार्यालय बन्द
फोटो : रोशन सापकोटा/रासस

काठमाडौं : नेपाली कांग्रेसले पुराना नेता रामहरि जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। पार्टी कार्यालय सानेपामा जोशीको श्रद्धाञ्जलिका लागि बसेको आकस्मिक केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभर झण्डा झुकाउने र कार्यालय बन्द गर्ने निर्णय गरेको हो।
 
शोक प्रस्तावको निर्णमा जोशीको योगदान उल्लेख गरेको छ।

 '२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र २००७ सालको ऐतिहासिक जनक्रान्तिमा अग्रणी भूमिका निर्वाह गर्नु हुने श्रद्धेय जोशी लोकतान्त्रिक मूल्य पद्धतिप्रति अविचलित आस्था, सादगीपूर्ण जीवन र निष्ठाको राजनीतिको प्रतिमूर्ति हुनुहुन्थ्यो,' निर्णयमा भनिएको छ, 'पार्टीको वैचारिक र ऐतिहासिक पक्षमा सधै बहस र योगदान गर्दै २०४८ सालमा मन्त्रीको भूमिकामा सरकारमा सहभागी हुँदा समेत सुदृढ नैतिक व्यवहारले पार्टी पङ्ती र नेपाली जनमतलाई श्रद्धेय जोशीले गहिरो ढंगले प्रभावित गर्नुभयो।'

'केन्द्रको राजनीतिको आकर्षणभन्दा गाउँ र जिल्लाका जनताहरुलाई लोकतान्त्रिक आन्दोलन, अहिंसा र शैक्षिक चेतनाको क्षेत्रमा समेत उत्प्रेरित गर्ने नेताको रुपमा उहाँ परिचित हुनुहुन्थ्यो' शोक प्रस्तावमा भनिएको छ। 

बैठकले जोशीको निधनले  मर्माहत भएकाो कांग्रेस, समग्र नेतृत्व पङ्ती र साथीहरुको भावनालाई प्रतिनिधित्व गर्दै  जोशीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गरेको छ। 

कांग्रेसले जोशीको शोकमा तीन दिनसम्म झण्डा झुकाउने तथा केन्द्र तथा जिल्लाका सबै कार्यलय एक दिन बन्द गर्ने निर्णय समेत गरेको छ।

'नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा स्वर्गीय रामहरि जोशीप्रति सम्मान प्रकट गर्दै २०७४ असार ३०, ३१ र श्रावण १ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउनुका साथै श्रावण १ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने' निर्णयमा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell