PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

स्थानीय तहको अधिकार कटौती मान्य हुँदैनः ओली



रासस

स्थानीय तहको अधिकार कटौती मान्य हुँदैनः ओली

भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको भन्दै एमालेलाई यो मान्य नहुने बताएका छन् । 

सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको बताए। 

अध्यक्ष ओलीले भने–‘संविधान निर्माण गर्दा संविधानमै उल्लेख भएको केन्द्र, प्रदेश र स्थानीय तहको अवधारणालाई सरकारले केन्द्र र प्रदेशमा केही नगरी स्थानीय तहको अधिकार मात्रै कटौती गर्ने गरी कानुन ल्याउन लागेको छ, यो एमालेलाई मान्य हुनेछैन।’ 

अधिकार सम्पन्न स्थानीय निकायले मात्रै आफ्नो गाउँपालिका तथा नगर एवम् समग्र देशको विकासमा सहयोग पुर्याउने भएकाले सबै राजनीतिक दल मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो। 

परिषद्मा नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७४/७५ का लागि कुल ४८ करोड १० लाख २८ हजारको अनुमानित बजेट सार्वजनिक गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell