PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

भाजपाका प्रवक्ताले विराटनगरको मस्जिदमा नमाज पढे



अनन्तराज न्यौपाने

भाजपाका प्रवक्ताले विराटनगरको मस्जिदमा नमाज पढे

काठमाडौँ : बिहीबार साँझ विराटनगर आइपुगेका भारतीय जनता पार्टीका प्रवक्ता शैयद शहनबाज हुसेन पहिले नै तय गरिएको फुड एन्ड फन भिलेज रिसोर्टमा नबसी होटल ह्यारिसन प्यालेसमै रात बिताउन गए।

ह्यारिसनमा शाकाहारी खानामात्र पाइने हुँदा उनको रात्रिकालीन विश्रामका लागि रिसोर्ट बन्दोबस्त गरिएको थियो। तर नयाँ भएकाले ह्यारिसनकै अनुभव लिने बताएपछि उनलाई तत्काल ह्यारिसनमै बन्दोबस्त गरियो।

प्रवक्ता हुसेनले बिहीबार राति तथा शुक्रबार बिहान र दिउँसो पनि शाकाहारी भोजन नै लिए। मोरङ व्यापार सङ्घको कार्यक्रममा उनी बिहान साढे ११ मा आइपुगे। अपराह्न १ बजेसम्म व्यापार सङ्घमै बसेर उनी विराटनगर बजारको मध्यभागमा पर्ने मस्जिदमा नमाज पढ्न गए।

मस्जिदबाट पुष्पलाल–चौक र विराटचौक हुँदै काँकडभिट्टा निस्किएर भारतको सिलिगुडी नजिकको बागडोगरा हवाई मैदानमा नयाँ दिल्लीका लागि जहाज चढ्न प्रस्थान गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell