राजविराज : दुई महिनाअघि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकाबाट हराएका दुई बालिका अहिलेसम्म घर फर्किएका छैनन्।
भारदहस्थित दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो खड्गा र सात वर्षीया छोरी सरोकुमारी खड्का घरमा सामान्य विवाद हुँदा आवेशमा आएर घरबाट निस्केकोमा उनीहरू अहिलेसम्म घर फर्किएका छैनन्।
कक्षा ९ मा अध्ययनरत पारो वार्षिक परीक्षामा अनुत्तीर्ण भएको भन्दै घरका सदस्यले गाली गरेपछि दुबै दिदीबहिनी घरबाट निस्केका थिए। रासस