PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

२३ वर्षअघि हत्या गरी फरार भएका दुई अभियुक्त जेल चलान



पहिलोपोस्ट

२३ वर्षअघि हत्या गरी फरार भएका दुई अभियुक्त जेल चलान

काठमाडौंः प्रहरीले २३ वर्षअघि हत्या गरी फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सप्तरीका जोगेन्द्र मण्डलको हत्यामा संलग्न अभियुक्तहरु सचिन्द्र यादव र कारी यादवलाई पक्राउ गरेको हो।

उनीहरुलाई बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई अदालतले २०६२ चैत सात गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

अभियुक्त दुवैलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ। उनीहरुले २०५१ सालमा सप्तरीको पकरी चोकमा रामलिला हेरी घर फर्किरहेका मण्डलको हत्या गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell