PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

नेपाल टेलिकमको ‘सञ्चारको संसार’ सार्वजनिक



पहिलोपोस्ट

नेपाल टेलिकमको ‘सञ्चारको संसार’ सार्वजनिक

काठमाडौं: नेपाल टेलिकमको जानकारी मुलक फिल्म सार्वजनिक भएको छ। फिल्म ‘सञ्चारको संसार’ युट्युबमार्फत सार्वजनिक गरिएको हो। उक्त लघु फिल्मलाई शुभ मिडिया होमले निर्माण गरेको हो। नेपाल टेलिकमको प्रस्तुती रहेको चलचित्रमा नेपाल टेलिकमको सेवाहरुको बारेमा जानकारी दिईएको छ।

फिल्ममा हाँस्यकलाकार कमलमणी नेपाल, शिवहरी पौडेल, सुरबिर पण्डित, किशोर भण्डारी, शिवहरी आचार्य, नीरज नेपाल, रोशनी सापकोटा, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ।

स्थापनाकालदेखी हालसम्म नेपाल टेलिकमले सञ्चारको क्षेत्रमा पुर्‍याएको योगदान र टेलिकमले ग्राहकलाई दिएको सेवाको सम्बन्धमा फिल्म तयार भएको निर्देशक सरोज ओलीले जानकारी दिए। फिल्मको कथामा चिठ्ठी पठाउने कालको दुःख देखी फोन, मोवाईल, ईन्टरनेट हुँदै अहिलेको फोर जीको सुबिधाको बारेमा स्पस्ट पारिएको उनको दाबी छ।

राजु पौडेल र मरिचमान श्रेष्ठको कथामा बनेको फिल्मलाई सुदिप बरालले खिचेका हुन्।

हेर्नुस् फिल्म:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell