PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कमल थापाले भने–पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ 



रासस

कमल थापाले भने–पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा आफ्नो दलभित्र विवाद देखिए पनि पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्ने बताएका छन्। 

काठमाडौँ उपत्यकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधान संशोधन प्रस्तावमा पार्टीले यसअघि गरेको निर्णयलाई संस्थागतरुपमा कार्यान्वयन गर्नुपर्ने र सरकारमा सहभागिताको विषयमा उचित समयमा निर्णय गरिने बताए । 

अध्यक्ष थापाले स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृतरुपमा सफलता प्राप्त गर्न नसक्नुका कारणमा विभिन्न शक्तिबाट पार्टीको वैचारिक नीतिमा भ्रम छर्ने कार्य भएकामा चिन्ता व्यक्त गरे। 

पार्टी महामन्त्री राजेन्द्र लिङ्देनले पार्टीभित्र अवसरवादीको सक्रियता बढेकाले अहिले आन्तरिक एकतामा केही चुनौती देखिएको बताउँदै यसतर्फ सबैले चनाखो भई अगाडि बढ्नुपर्ने बताए। 

नेता राजाराम श्रेष्ठले राप्रपाले स्थानीय तहमा पार्टीको आदर्शलाई पुर्याउन नसकेकाले चुनावमा राम्रो परिणाम आउन नसकेको बताउँदै अब जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell