PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

हेटौंडाबाट डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ



राधेश्याम पटेल

हेटौंडाबाट डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ

वीरगञ्जः मकवानपुर प्रहरीले काठमाडौबाट वीरगञ्ज ल्याउँदै गरेको डेढ किलोसुनसहित एक जना भारतीयलाई पक्राउ गरेको छ।

प्रहरीले भारत बिहारथाना रक्सौल पूर्वी चम्पारणका ३५ वर्षीय सुमन कुमारलाई डेढ किलो सुनसहित पक्राउ गरेको हो। बिहीबार साँझ ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट उनलाई सुनसहित पक्राउ गरेको हो ।

काठमाडौंबाट वीरगञ्ज आइरहेको ना.१.ज. ४०२९ को टाटा सुमोबाट एक किलो ५१६ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।सुनसहित सुमन कुमारलाई राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयामा पठाइएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell