PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कोनकाकाफ गोल्ड कप : मेक्सिको बराबरीमा रोकियो, एल साल्भाडोर विजयी



पहिलोपोस्ट

कोनकाकाफ गोल्ड कप : मेक्सिको बराबरीमा रोकियो, एल साल्भाडोर विजयी
फोटो : एएफपी

अमेरिकामा भइरहेको कोकाकाफ गोल्डकप अन्तर्गत गएराती भएको खेलमा मेक्सिको जमैकासँग बराबरीमा रोकिएको छ। समूह सी को खेलमा जमैकाले मेक्सिकोलाई गोलरहित बराबरीमा रोकेको हो। बराबरीपछि दुवै टोलीले २ खेलबाट समान ४ अक जोडेका छन्। तर गोलअन

तरमा जमैकालाई पछि पार्दै मेक्सिको समूहको शीर्ष स्थानमा छ। मेक्सिकोले पिहलो खेलमा एल साल्भाडोर तथा जमैकाले कुराकाओलाई हराएको थियो।

पिहलो खेल हारेको एल साल्भाडोरले समूह सी कै अर्को खेलमा कुराकाओलाई २-० ले पराजित गर्दै ३ अंक जोडेको छ।

गेर्सन मायनले २१औं तथा रोडोल्फो जेलाएले २४औं मिनेटमा गोल गरे। पहिलो जितपछि ३ अंक जोडेको एल साल्भाडोर समूह सी को तेस्रोमा छ। दुवै खेल हारेको कुसाकाओ अकविहिन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell