PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

‘ग्लोबल नेपाली फिल्म अवार्ड'मा विश्वभर छरिएका नेपाली कलाकार



पहिलोपोस्ट

‘ग्लोबल नेपाली फिल्म अवार्ड'मा विश्वभर छरिएका नेपाली कलाकार

काठमाडौँ: ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को दोस्रो संस्करणमा विश्वभर छरिएर रहेका नेपाली कलाकारहरुको जमघट हुने भएको छ। खुम्बु कोल्स्चको आयोजनामा यहि भदौ ३ गते हुने अवार्ड कार्यक्रममा नेपाल साथै अन्य देशमा रहेका नेपाली कलाकारहरु उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।

कार्यक्रम अमेरिकाको कोलोराडोमा आयोजना हुनेछ। २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको दोस्रो संस्करणमा क्यानडा, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, लन्डन, जापान फ्रान्स, इटली तथा विभिन्न देशहरुमा रहेका नेपाली कलाकारलाई अामन्त्रण गरिएकाे छ।

‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने मुल नाराका साथ नेपाली फिल्मलाई अन्तराष्ट्रियस्तरमा प्रचार प्रसारका लागि यो अवार्डले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजक खुम्बु कोल्स्चको दाबी छ। ‘यो कार्यक्रम नेपाली फिल्म प्रदर्शन र प्रबर्धनका लागि हो। हामी अमेरिकामा मात्र आयोजना गर्दैनौं। अवार्डको तेस्रो संस्करण अस्ट्रेलिया वा दुबईमा गर्नेछौं’, अध्यक्ष नवराज श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell