PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

दलहरुबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकनः प्रधानमन्त्री 



रासस

दलहरुबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकनः प्रधानमन्त्री 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकन हुने बताएका छन्। 

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५औँ साधारणसभाको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यवसायीबाट निःशुल्क प्रवेशाज्ञाको व्यवस्था पुनरावलोकनको माग आएकाले सो विषयमा सहमतिका लागि आफूले पहल गर्ने जानकारी दिए। 

प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर बढिरहेकामा चिन्ता व्यक्त गर्दै यसलाई घटाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए। 

उनले भने,‘ तपार्इंहरु विदेशमा कामदार पठाउने मात्रै होइन, उनीहरुको आर्थिक, भौतिक सुरक्षामा समेत ध्यान दिनुहोस्।’ 

प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले गरेको योगदान महत्वपूर्ण रहेको बताए। 

श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरले ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था आकर्षक र प्रभावकारी भएपनि कार्यान्वयन हुन नसकेको स्वीकार गरे। 

निःशुल्क व्यवस्थाको उचित लाभ कामदारले पाउन नसकेको उल्लेख गर्दै मन्त्री मन्सुरले राजनीतिक दल, मजदुर संगठन र व्यवसायीसँगको छलफलबाट यो व्यवस्था पुनरवलोकनका लागि पहल गरिने बताए । 

सङ्घको नयाँ नेतृत्वका लागि आज हुने मतदानका लागि विमल ढकाल र रोहन गुरुङ नेतृत्वका दुई समूहको उम्मेदवारी परेको छ। 

नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमबाट विमल ढकाल नेतृत्वको संयुक्त व्यवसायी समूह तथा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट रोहन गुरुङ नेतृत्वको संयुक्त व्यावसायिक समूहले निर्वाचनमा भाग लिँदैछन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell