PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

दुई समुदायबीचको झडपमा गुजरातमा दुर्इ जनाको मृत्यु, कैयौँ घाइते



रासस

दुई समुदायबीचको झडपमा गुजरातमा दुर्इ जनाको मृत्यु, कैयौँ घाइते
फोटो श्रोतः hindustantimes.com

नयाँदिल्ली : पश्चिमी भारतीय राज्य गुजरातमा दुई समुदायका नागरिकबीच भएको भिडन्तमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य कैयौँ व्यक्ति घाइते भएका छन्। 

गुजरात राज्यमा पर्ने मोर्बी र सुरेन्द्रनगर जिल्लामा भार्वाद र राजपूत समूदायका स्थानीय बासिन्दाबीच बिहीबार अबेरबाट हिंसा सुरु भएको बताइएको छ। 

हिंसाका क्रममा घाइते भएका व्यक्तिमध्ये केहीको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। 

त्यसक्रममा ३० भन्दाबढी सवारी साधनमा आगजनी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

मोर्बी र सुरेन्द्रनगरमा जारी हिंसाले थप विस्तारित रुप लिने त्रासका कारण ती जिल्लामा इन्टरनेट सेवा पनि बन्द गरिएको छ। 

स्थिति नियन्त्रणको लागि थप प्रहरी तैनाथ गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन्। रासस÷सिन्हवा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell