PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

सामाजिक सञ्जालमा राष्ट्रपतिविरुद्ध जथाभावी लेख्ने बिबेक पक्राउ



पहिलोपोस्ट

सामाजिक सञ्जालमा राष्ट्रपतिविरुद्ध जथाभावी लेख्ने बिबेक पक्राउ

काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीलाई १६ करोडको गाडी खरिदको बिषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

तनहुँको बन्दीपुरका बिबेक बानियाँलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो। 

काठमाडौंको ट्रिनिटी कलेजमा अध्यनरत बानियाँले राष्ट्रपति भन्डारीविरुद्ध फेशबुकमा जथाभावी लेखेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

बनियाँलाई साइवर क्राइमअन्तर्गत मुद्धा चलाउने प्रहरीको तयारी गरेको छ। दुई अघि प्यूठानका सोनुकुमार सुनारलाई पनि यसै विषयमा प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको थियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell