PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय परामर्श संयन्त्र गठन



रासस

नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय परामर्श संयन्त्र गठन

काठमाडौँ : नेपाल र अष्ट्रेलियाबीच आपसी चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदानका साथै द्विपक्षीय हितका सम्बन्धमा सहकार्य गर्न संस्थागत संरचना स्थापना भएको छ । 

परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र त्यहाँका कायममुकायम परराष्ट्रसचिव ग्यारी क्विनलानले हस्ताक्षर गरे। 

त्यस अवसरमा सचिव बैरागीले नेपालको वर्तमान राजनीतिक, सामाजिक तथा आर्थिक स्थितिबारे जानकारी गराउँदै संविधान जारी भएपछि स्थानीय तहको निर्वाचनले तल्लो तहसम्म अधिकार हस्तान्तरण भएको र त्यसबाट महिला, आदिवासी तथा जनजातिको प्रतिनिधित्व गराउन सफल भएको अवगत गराउनुभएको क्यानबेरास्थित नेपाली राजदूतावासले जनाएको छ। 

साथै उनले राजनीतिक स्थायित्वसँगै नेपालमा विकास तथा लगानीका नयाँ अवसर सिर्जना भएकाले अवसरको सदुपयोग गर्न अष्ट्रेलियाली लगानीकर्ता र व्यापारिक समुदायलाई आग्रह गरे। 

कामु सचिव क्विनलानले भूकम्पपछिको पुनःनिर्माणबारे जिज्ञासा राख्दै नेपालसँग व्यापार तथा लगानी अभिवृद्धि गर्न अष्ट्रेलिया सधैँ सकारात्मक रहेको बताए। संयन्त्रको बैठक हरेक दुई वर्षमा आलोपालो गरी हुनेछ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell