PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

राष्ट्रिय वन पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई प्रदान



रासस

काठमाडौँ : वन विभागले यसवर्षको कबुलियती वन राष्ट्रिय पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई प्रदान गरेको छ। 

विभागले हरेक वर्ष दिँदै आएको एक लाख राशिको पुरस्कार आज वनलाई प्रदान गरेको हो। 

विभागले उत्कृष्ट सामुदायिक वन राष्ट्रिय पुरस्कार नुवाकोटको छापगैरा सामुदायिक वनलाई दिएको छ। पुरस्कारको राशि नगद एक लाख रहेको छ। 

यस्तै, द्वितीय पुरस्कार हरियाली सामुदायिक वन कपिलवस्तुलाई ७५ हजार तथा तृतीय पुरस्कार निउरेनी चिसापानी सामुदायिक वन मकवानपुर र वनपाले सामुदायिक वन कास्कीलाई २५/२५ हजार दिएको छ। 

विभागले निजी वन राष्ट्रिय पुरस्कार माइजोगमाई गाउँपालिका निवासी कुशुम दाहाललाई प्रदान गरेको छ। दाहाललाई ७५ हजार प्रदान गरेको हो। 

यसैगरी, सामुदायिक वन पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार शेरबहादुर केसी र कारोबार दैनिकका पत्रकार प्रगति ढकाललाई प्रदान गरेको छ। पुरस्कारको राशि २५ हजार रहेको छ। 

ती पुरस्कार प्रदान गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले सामुदायिक वनले पनि वन क्षेत्रको स्रोत व्यवस्थापनका लागि लोकतान्त्रिकरण गरेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell