PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

फिल्मको नामनै टुङ्गो नलागि अभिनेतालाई १० लाख पारिश्रमिक



पहिलोपोस्ट

फिल्मको नामनै टुङ्गो नलागि अभिनेतालाई १० लाख पारिश्रमिक

काठमाडौं: दर्जन फिल्ममा अभिनय गरेर पनि चर्चामा नआएका अभिनेता दिनेश केसीले एउटै फिल्मको दश लाख पारिश्रमिक लिएका छन्। दोलखा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको एक फिल्मका लागि उनले उक्त रकम लिएको निर्माण युनिटको विज्ञप्तीमा उल्लेख गरिएको छ। फिल्मको नाम भने अझै टुङ्गो लागेको छैन।

२०६७ सालदेखि नेपाली फिल्म इन्डस्ट्रीमा संलग्न केसी चर्चामा नरहेपनि प्रेमकथामा आधारित रहने फिल्ममा उनको पारिश्रमिक कसरी त्यति धेरै पारिश्रमिक लिने भए? यसबारे भने निर्माण युनिटले केही जानकारी दिएको छैन। फिल्ममा चार नायिकाहरुको भूमिका रहनेछ। तर को को रहनेछन् दिनेश केसीसँग स्क्रिन सियर गर्ने भन्ने पनि टुङ्गो लागेको छैन। केसीले भने,’हाल नायिका छनौटको क्रम जारी छ।‘

म्यूजिक भिडियोमार्फत अभिनयमा अगाडी आएका दिनेशले रञ्जित राणा निर्देशित ‘आइएम क्रेजि’, दिनेश शर्माको फिल्म ‘दानव’, राजाराम दाहालको ‘नेपथ्य’, विवेक सापकोटाको ‘निशाफ’, ऋषि न्यौपानेको चार फिल्म ‘झमेला’, ‘लाले, ‘वादशाह’ र ‘खतरनाक’ लगायत फिल्ममा काम गरेका छन्। दिनेशको अभिनय रहेको केही फिल्म त प्रदर्शन समेत भएका छैनन्।

उनी भन्छन्, ‘गरेको काम दर्शक समक्ष नआउँदा म निराश बन्न पुगें। फिल्म क्षेत्र नै त्यागिदिउ जस्तो लाग्यो।‘ अहिले राम्रो ब्यानरको फिल्म पाएकोले पुन: फिल्ममा फर्किएको बताउँछन्। फिल्मको काठमाडौं, थाइल्याण्ड, सिंगापुर र यूरोपका विभिन्न देशहरुमा छायांकन हुने बताइएको छ। ४ नायिकामध्ये एक भने थाई कलाकार रहने पक्का भएको निर्माण कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell