PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

मकाउका पूर्व महान्यायाधिवक्तालाई २१ वर्ष जेल सजाय



रासस

मकाउका पूर्व महान्यायाधिवक्तालाई २१ वर्ष जेल सजाय
फोटो श्रोतः scmp.com

मकाउ : चीनको विशेष प्रशासनिक क्षेत्र मकाउका पूर्व महान्यायाधिवक्ता हो चिओ मेङलाई २१ वर्षको जेल सजाय सुनाइएको छ। 

अदालतले अन्तिम फैसला भन्दै २१ वर्षे जेल सजाय तोकेको अधिकारीहरूले जानकारी दिएका छन्। 

उनले लामो समयसम्म धेरै नियम कानून उलङ्घन गरेकाले उनीविरुद्धको मुद्दा निकै जटिल बनेको न्यायाधीशहरूले ठहर गरेका छन्। उनको जस्तो अवस्था दुर्लभ र अपवाद जस्तो भएको पनि न्यायाधीशहरूको बुझाई छ । 

मकाउ प्रशासनिक क्षेत्रको एउटा सार्वजनिक निकायको प्रमुखको हैसियतमा  लामो समय काम गर्दा पदीय जिम्मेवारी र अधिकारको दुरूपयोग गर्नुका साथै कानून र अनुशासनको उलङ्घन गरेको पाइएको छ। 

कानून र अनुशासनको उलङ्घन गरेको आरोप लागेपछि उनलाई सन् २०१६ को डिसेम्बरमा नियन्त्रणमा लिइएको थियो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell