PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी



रासस

वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी

काठमाडौँ : नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन्। 

गुरुङ ४३४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी विमल ढकालले ३४१ प्रात गरे। 

यसैगरी प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा किशोरबहादुर जिसी र कोषध्यक्षमा राधिका कटवाल विजयी भएका छन्। 

त्यस्तै, सदस्यहरुमा बबनकुमार सिंह, सञ्जु गुरुङ, परमेश्वर अधिकारी, तेजमाया लिम्बू, सुरेश गौतम, सविना श्रेष्ठ, कुन्सा दोर्जे लिम्बू, प्रितमबहादुर मगर, प्रेमबहादुर विश्वकर्मा, सुरज केसी विजयी भएका छन् । 

शुक्रबार भएको निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र मधेस केन्द्रीत दल निकट तराई वैदेशिक रोजगार फोरमबाट विमल ढकाल नेतृत्वको संयुक्त व्यवसायी समूह तथा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट रोहन गुरुङ नेतृत्वको संयुक्त व्यावसायिक समूहले भाग लिएका थिए। 

संघको २५औं वार्षिक सधारणसभाअन्तर्गत भएको निर्वाचनमा गुरुङ समुहले तीन बाहेक सबै पदमा विजयी हासिल गरेको छ।

ढकाल समुहबाट भने द्वितिय उपाध्यक्ष भुवनसिंह गुरुङ र कोषध्यक्षमा राधिका कटवाल तथा सदस्यमा सुरज केसी विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell