PahiloPost

Jun 15, 2025 | १ असार २०८२

प्रकाशमानको आग्रहः गाली गलौज छाडौं, एकढिक्का भएर अघि बढौं



रासस

प्रकाशमानको आग्रहः गाली गलौज छाडौं, एकढिक्का भएर अघि बढौं

पोखरा : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गरेका छन्। 

नेपाली कांग्रेसका नेता रामहरि जोशीको निधनमा कास्की कांग्रेसद्वारा आयोजित शोक सभामा नेता सिंहले स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम नआए पनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा स्थापित गर्न सबैको सामूहिक प्रयासको खाँचो रहेको बताए।

उनले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र कांग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन र संस्थागत विकास गर्न पार्टीको काँधमा गहन जिम्मेवारी थपिएको बताए। 

सिंहले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा सबै राजनीतिक दल एक भएझैं आर्थिक समृद्धि र विकासका लागि पनि सबै राजनीतिक दलको एकता अपरिहार्य भएको बताए। 

उनले कांग्रेसका नेता स्व रामहरि जोशीले देखाएको बाटो अवलम्बन गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहर्ने विचार व्यक्त गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell