PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

जापानमा दुई चीनियाँ नागरिक मृत फेला



रासस

जापानमा दुई चीनियाँ नागरिक मृत फेला

बेइजिङ : जापानको राजधानी टोकियो नजिकै हराइरहेका दुई जना चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन्। 

जापानको प्रहरीले उनीहरू टोकियो नजिकै मृत अवस्थामा भेटिएको पुष्टी गरेको चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुअङले जानकारी दिएका छन्। 

दुवै जनाको शव टोकियो नजिकैको पहाडी जङ्गलमा बाकसभित्र राखेर फालेको अवस्थामा भेटिएको सञ्चारमाध्यमहरूले जनाएका छन्। 

जापानमा रहेको चिनियाँ दूतावासले दुई जना चिनियाँ महिला जापानको योकोहामाबाट जुलाई ६ तारिखदेखि हराइरहेका मङ्गलबार जनाइएको थियो । 

त्यसपछि चिनियाँ दूतावासले जापानको प्रहरीलाई भेटेर आपतकालीन खोजी तथा उद्धार संयन्त्र निर्माण गरी पूर्ण गतिमा उनीहरूको खोजी गरिदिन आग्रह गरेको थियो। सोही आग्रह अनुसार नै प्रहरीले खोजी गर्दा शुक्रबार उनीहरूको शव भेटिएको प्रवक्ताको भनाई छ। 

जापानमा रहेको चिनियाँ दूतावासले दोषी पक्राउ गरी कारबाही गराउन नजिकबाट लागिरहेको जानकारी दिएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell