PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्समा नेपाल र युएई भिड्दै



पहिलोपोस्ट

एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्समा नेपाल र युएई भिड्दै

काठमाडौंः एएफसी यू–२३ च्याम्पियनसिप क्वालिफायर्सअन्तर्गत समूह डी को पहिलो खेलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ।

अल अइनस्थित ताहोनोनविन मोहम्मद स्टेडियममा हुने खेल बेलुका नेपाली समयअनुसार ८ः१० बजे हुनेछ।  मुख्य प्रशिक्षक राजुकाजी शाक्यका अनुसार नेपालले ४–५–१ को शैलीमा खेल्नेछ।  

नेपालले दोस्रो खेल आगामी शनिबार उज्वेकिस्तान र बुधबार लेवनानसँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने अन्तिम चरणको प्रतियोगिताको लागि छनोट हुनेछ।

नेपाल यसअघिको दुई स‌स्करणमा छनोटको समूह चरणबाटै बाहिरिएको थियो। ८ खेल खेल्दा नेपालले अहिलेसम्म १ खेल मात्र जितेको छ।  

युएईविरुद्ध खेल्ने नेपालको पहिलो रोजाईको टोली 

गोलरक्षकः
एलान न्यौपाने   

डिफेण्डरः अनन्त तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, अमित तामाङ 

 मिडफिल्डरः हेमन गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, सुमन लामा, सुनिल बाल   

फरवार्डः विमल घर्ती मगर (कप्तान)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell