
मलेखु : पृथ्वी राजमार्गअन्तरगत बेनिघाट रोराङ गाउँपालिकाको खटौटीमा बस र ट्रक एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।
महोत्तरीबाट काठमाडौं आइरहेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरितबाट गइरहेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका– ९ खटौटी पुल नजिक ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा बस र ट्रक दुबैका चालकसहित ३१ जना घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भिर घाइते तीन जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य घाइतेको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
दुर्घटनापछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग तीन घण्टापछि एकतर्फी खुलेको छ।रासस