PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

१५ औं आहारारा गोल्ड कपबाट सहारा क्लबले बचायो २७ लाख ७८ हजार 



पहिलोपोस्ट

१५ औं आहारारा गोल्ड कपबाट सहारा क्लबले बचायो २७ लाख ७८ हजार 

  • नरहरि पौड्याल
पोखराः सहारा क्लव पोखराले १५ औं संस्करणको आहारारा गोल्डकप २०७३ को आयव्यय सार्वजनिक गरेको छ। 

सहारा क्लबले आहारारा गोल्डकपको १५ औं संस्करणबाट २७ लाख ७८ हजार बचत गरेको छ। 

खेल सकिएको करिव ६ महिनापछि साहराले शनिबार एक कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो।

प्रतियोगिताबाट बचत भएको रकमबाट सहारा एकेडेमी सञ्चालनका लागि खर्च गरिने छ। 

आयव्यय सार्वजनिक गर्दै प्रतियोगिताका आर्थिक संकलन उपसमिति संयोजक टीकाबहादुर कार्कीले कुल ९७ लाख १० हजार रुपैयाँ आम्दानी मध्ये ६९ लाख ३२ हजार रुपैयाँ खर्च कटाएर २७ लाख ७८ रुपैयाँ बचत भएको जानकारी दिए। 

प्रतियोगितामा सबैभन्दा बढी टिकट विक्रिबाट ४१ लाख ५० हजार, प्रायोजकमार्फत ३० लाख ५९ हजार, ब्यानरमार्फत २२ लाख रुपैयाँ आम्दानी भएको छ।

१४ औं आहाराराबाट करिब ३५ लाख बचत भएको थियो। यसबर्ष अघिल्लो वर्षको तुलनामा करिब ७ लाख रुपैयाँ कम बचत भएको क्लवले जनाएको छ।

बचत भएको रकम सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीका बालकको भरणपोषणमा खर्च गरिने क्लवका अध्यक्ष बीरभद्र आचार्यले जानकारी दिए। 

सहारा एकेडेमीमा हाल १६ जिल्लाका गरिव तथा विपन्न बर्गका २८ जना बालक आश्रित छन्। एकेडेमी सञ्चालनका लागि मासिक झण्डै दुई लाख रुपैयाँ खर्च लाग्ने गरेको अध्यक्ष आचार्यले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell