PahiloPost

Mar 17, 2026 | ३ चैत्र २०८२

डोलेश्वर मेलाको सम्पूर्ण तयारी पूरा, मन्दिर दर्शनका लागि टोकन लिनैपर्ने



रासस

भक्तपुर : सूर्यविनायक नगरपालिका– ८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा भोलिदेखि सुरु हुने साउने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले डोलेश्वर मन्दिरमा भोलिबाट ३८ दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। 

साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि केदारनाथको शिर डोलेश्वर मन्दिरसम्म कलशयात्रा गरी उद्घाटनसँगै मेला सुरु हुने उनले बताए। 

भदौ ६ गतेसम्म सञ्चालन हुने मेलामा दुई करोड बराबरको आर्थिक तथा जिन्सी संकलन गर्ने लक्ष्य राखिएको छ । गत वर्षको साउन मेलामा एक करोड ६६ लाख रुपैयाँ संकलन गरेको बताउँदै बस्नेतले यसवर्ष रकम थप हुने र संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने बताए। 

लाइन नमिचियोस भनेर लाइनमा बस्नेलाई १ नम्बरदेखि १०० सम्मको टोकन बाँड्ने र त्यही टोकनको नम्बरअनुसार लाइन बस्ने व्यवस्था गरिएको उनले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell