PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

भारतको तमिलनाडुमा ट्रक र बस ठोक्किंदा १० जनाको मृत्यु, २३ घाइते



रासस

भारतको तमिलनाडुमा ट्रक र बस ठोक्किंदा १० जनाको मृत्यु, २३ घाइते

नयाँदिल्लीः दक्षिणी भारतको तमिल नाडु राज्यमा सवारी दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने, २३ जना घाइते भएका छन्।

यात्रु बस र स्टील ढुवानी काममा लागेको एक ट्रक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

तमिल नाडु प्रान्तीय राजधानी चेन्नाइबाट ३७३ किलोमिटर दक्षिणतर्फ पर्ने थान्जाभुर जिल्लाको भल्लाम इलाकामा दुर्घटना भएको बताइएको छ। 

राज्यद्वारा सञ्चालित बसमा झण्डै ६० जना यात्रु थिए। मृतकमध्ये आठ जना यात्रु र दुई जना चालक छन्। 

घाइते भएका सबैलाई थान्जाभुर मेडिकल कलेजमा भर्ना गरिएको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ ।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell