PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

‘म्यान अफ द वल्ड’मा नेपालको पहिलो प्रतिनिधित्व



पहिलोपोस्ट

‘म्यान अफ द वल्ड’मा नेपालको पहिलो प्रतिनिधित्व

काठमाडौं: पुरुसहरुको सौदर्य प्रतियोगीतामा ‘म्यान अफ द वल्ड’मा नेपालको प्रतिनिधित्व डा.श्रीराम चन्दले गर्ने भएका छन्। फिलिपिन्समा हुने प्रतियोगितम १९ जुलाईबाट सुरु भएर २९ जुलाइमा फिनाले हुनेछ।

क्यानडा, ब्राजिल, अष्ट्रेलिया, सिंगापुर लगायत ३५ देशका युवाहरुको सहभागीता रहने कार्यक्रमलाई पिइइपिएस फाउन्डेसनले आयोजना गर्न लागेको हो। प्रतियोगीताका लागि चन्द सोमबार मध्यान्न फिलिपिन्सतर्फ जाँदैछन्। ‘मिस्टर नेपाल २०१७’का थड रनर्स अप समेत रहेका चन्दलाई प्रतियोगीतामा अवतार इन्टरनेशनलले पठाउन लागेको हो।

बौद्धिकताका आधारमा समेत बिजेता छानिने प्रतियोगीतामा चन्दले नेपाली कला संस्कृती झल्काउने प्रस्तुती सहित सहभागी जनाउन लागेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए। भने,’नेपाली पहिरन र भेषभुषामा उनी प्रस्तुत हुनेछन्।‘ प्रतियोगीताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन्।

प्रतियोगीतामा नेपालको यो पहिलो सहभागिता हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell