PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सुरक्षा कारवाहीमा अफगानिस्तानमा ७७ विद्रोहीको मृत्यु



रासस

सुरक्षा कारवाहीमा अफगानिस्तानमा ७७ विद्रोहीको मृत्यु

काबुलः अफगानिस्तानका विभिन्न ठाँउमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जना भन्दा बढी विद्रोही लडाकू मारिएका छन्। 

देशभरी २४ घण्टाको अवधिमा भएका कारबाहीमा अन्य २७ जना घाइते भएका रक्षा मन्त्रालयले जनाएको छ। 

मृतक मध्ये १७ जना इस्लामिक स्टेटका लडाकू छन् भने अरु सात जनालाई नियन्त्रणमा लिइएको मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ। 

नान्गाहार, कुनार, नुरिस्तान, कपिसा, पाक्तीका, खोस्ट, लोगार, कान्दाहार, जाबुल, ओरुज्गान, कुन्दुज, फार्याब, ताखार र हेल्मन्ड प्रान्तमा सुरक्षा कारबाही चलाइएको सरकारी अधिकारीहरुको भनाइ छ। 

उनीहरुको सुरक्षा कारबाहीका क्रममा केही हातहतियार तथा विष्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिएर नष्ट गरेको जनाइएको छ । रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell