PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

'जग्गा जासुस'को एकदिने बक्सअफिस, टिक्ला त फिल्म पर्दामा?



पहिलोपोस्ट

'जग्गा जासुस'को एकदिने बक्सअफिस, टिक्ला त फिल्म पर्दामा?

अनुराग बासुको निर्देशनमा तयार फिल्म 'जग्गा जासुस' निर्माण सुरु भएको तीन वर्षपछि प्रदर्शनमा आयो। रणबिर कपूर र कट्रिना कैफ मुख्य अभिनय रहेको एडभेन्चर रोमान्टिक कमेडीले दुई युवा जासुसको कथा भन्छ जो हराएको बुवाको खोजीमा डुल्छन्।

शुक्रबार प्रदर्शनमा आएको फिल्मको पोस्ट प्रोडक्शनको काम यति सुस्त भयो कि दर्शकले फिल्म निर्माण युनिटबाट राम्रो अपेक्षा गरे। तर फिल्मको पहिलो दिनको कलेक्शन उत्सहाजनक रहेन। टाइम्स अफ इन्डियाले जनाए अनुसार फिल्मले आठ करोड पचास लाखसम्मको बक्सअफिस कलेक्शन गरेको छ। फिल्मको ग्रस कलेक्शनमा मुम्बई र ब्याङ्गलोरको दर्शक फ्लोले निकै साथ दियो। तर पनि बलिउड बक्सअफिसमा ८ करोडको ग्रस कलेक्शन कम मानिन्छ।

निर्माता समेत रहेका रणबिर कपूरले जग्गा जासुसको सिक्वेल बन्ने बारे केही जानकारी दिए पनि फिल्म कतिन्जेल पर्दामा टिक्छ र कति नेट कलेक्शन गर्छ भन्नेमा सिक्वेल निर्माण भर पर्न सक्छ। फिल्म तयार भइसक्नु अघि निर्माण युनिटले 'जुनियर जासुस' नाम सहित प्रिक्वेल टिभी शो बनाउने बारे सोचेका थिए। तर प्राविधिक समस्या भएको भन्दै सो कार्यक्रम स्थगित भयो।

बक्सअफिसमा राम्रो प्रदर्शन गर्न नसके पनि फिल्मलाई बलिउड हंगामाले पाँच तारा दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell