PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

ग्याङस्टर ब्लूजको ‘अजम्बरी लाउँला पिरती’



पहिलोपोस्ट

ग्याङस्टर ब्लूजको ‘अजम्बरी लाउँला पिरती’

काठमाडौं: फिल्म ग्याङुटर ब्लूजको पहिलो गीत सार्वजनिक भएको छ। फिल्मको प्रचार प्रसार सुरु भइराख्दा फिल्मको ‘अजम्बरी लाउँला पिरती’ बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो।

सबिन ‘एकतारे’को शब्द रहेको गीतमा कालिप्रसाद बास्कोटाको संगीत रहेको छ। गीतलाई मेलिना राई र संगीतकार कालिप्रसाद बास्कोटाले गाएका छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आना शर्मा र आशिरमान देशराज जोशीको फिचरिङ रहेको छ। तराईंलाई पृष्ठभूमी बनाएर तयार गरिएको फिल्ममा हुने ग्याङ र आपराधिक गतिविधी देखाइएको छ।

प्रेमलाई पनि केन्द्रमा राखिएको फिल्म भदौ २ गतेबाट प्रदर्शनमा आउँदै छ। अन्य कलाकार सयंम पुरी, प्रमोद अग्रहरी, रोजिसा शाही लगायतका कलाकारको अभिनय रहेको छ फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन्।

हेर्नुस् फिल्मको नयाँ गीतको भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell