PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

काठमाडौँ महानगरको बजेट १० अर्ब



रासस

काठमाडौँ : काठमाडौँ महानगरका लागि १० अर्ब ७८ करोडको बजेट स्वीकृत गरिएको छ। 

काठमाडौँ महानगरपालिकाको नगरसभाले सर्वसम्मतिबाट आर्थिक वर्ष २०७४/७५ का लागि आर्थिक विधेयकबाट १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ। 

आन्तरिक आम्दानी कर आयतर्फ चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ  दुई अर्ब १२ करोड गरी हुन आउने छ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान तीन अर्ब १६ करोड ८२ लाख (यसमा समानीकरण÷शशर्त तथा निशर्त सबै अनुदान समावेश छ) रहेको छ। 

यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिएको छ। 

त्यस्तै, मनोरञ्जन करलाई नयाँ कर क्षेत्रका रुपमा राखिएको छ। यसअन्तर्गत आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँट हुनेछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell