PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको आज संसदीय सुनुवाइ 



पहिलोपोस्ट

प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको आज संसदीय सुनुवाइ 

काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको आज संसदीय सुनुवाइ हुँदैछ। संसद् सचिवालय सिंहदरबारमा बिहान ८ बजे पराजुलीलाई सुनुवाइका लागि बोलाइएको छ। समितिले आजै पराजुलीको नाम अनुमोदन गर्ने वा नगर्ने सम्वन्धी पनि निर्णय लिनेछ। 

पराजुलीविरुद्ध समितिमा उजुरी परेको छैन। समितिमा कुनै पनि उजुरी समेत नरहेको अवस्थामा पराजुलीको नाम अनुमोदन करिव निश्चित छ। समितिले नाम अनुमोदन गरेमा उक्त जानकारी संवैधानिक परिषदलाई दिइनेछ। संवैधानिक परिषदले सिफारिस र सुनुवाइको व्यहोरासहित नियुक्तिका लागि राष्ट्रपति समक्ष पेस गर्नेछ। संवैधानिक प्रावधान अनुसार प्रधानन्यायाधीशको नियुक्ति र शपथ राष्ट्रपतिबाट हुनेछ। 

संवैधानिक परिषदले पराजुलीलाई असार १५ गते प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। पराजुलीको शैक्षिक योग्यता र उमेर विवादमा केही समय प्रमुख प्रतिपक्ष दलको असन्तुष्टिका कारण सिफारिस रोकिएको थियो। तर, दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिए लगत्तै उनको सिफारिस भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell