PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

एमाले सांसद्को भावी प्रधानन्यायाधीशलाई प्रश्न, भरतपुर मुद्दा कहिले सकिन्छ?



पहिलोपोस्ट

एमाले सांसद्को भावी प्रधानन्यायाधीशलाई प्रश्न, भरतपुर मुद्दा कहिले सकिन्छ?

काठमाडौं : भावी प्रधानन्यायाधीको रुपमा प्रस्तावित गोपाल पराजुलीको आज संसदीय सुनुवाइ भइरहेको छ। सुनुवाइ जारी रहदा सांसदहरुले प्रधानन्यायाधीशलाई प्रश्न गरेका छन्।

नेकपा एमालेका संसाद्हरुले भरतपुरको मुद्दा कहिले सकिन्छ भनेर प्रश्न गरेका छन्।

 

प्रकाशशरण महत

संवैधानिक निकायले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन गरिरहेका छन्। न्यायपालिका पनि यसबाट पर छैन। योभन्दा बढी अधिकार प्रयोग गर्नुपर्छ भन्ने मान्यता हुँदै आएको छ। संवैधानिक निकायले कार्यकारीको अधिकारमा आकांक्षा बढ्दै जाने प्रवृतिलाई यहाँले कसरी लिनुभएको छ?

 

गणेशमान गुरुङ

तपाईँको न्यायिक कार्ययोजना कार्यान्वयनको आधार के हो? पारिवारिक अदालत गठन गर्ने आधार के छ?

भिआइपीका मुद्दा चाँही छिटो छरितो कसरी टुंगिन्छन्? स्थानीय तहको निर्वाचन सकिएको छ तर भरतपुरको मुद्दा सरेको सर‍्‍यै छ। भरतपुरको मुद्दा कहिले सकिन्छ? मुद्दा सर्ने लम्बिने अवस्था कामय रहदा तपाईँले भन्नुभएको छिटो छरितो न्याय कसरी विश्वास गर्न सकिन्छ?

 

अष्टलक्ष्मी शाक्य

बलात्कार, घरेलु हिंसा लगायतका मुद्दाले कहिले प्राथमिकता पाउँछन्। दोस्रो चरणको निर्वाचन सकियो। भरतपुरको मुद्दा सरेको सर्‍यै छ। यो जनतामाथिको अपमान हो। कि यता सकिएपछि फैसला हुने हो। भर्खरै प्रधानन्यायाधीशमाथि नै मुद्दा दर्ता भयो। यसले मानमर्दन गर्‍यो गरेन?

 

आनन्दप्रसाद ढुंगाना

शक्ति पृथकीकरणको सिदान्त अदालतले पालना गरेन। महाभियोगका विषयमा सर्वोच्चका एक जना न्यायाधीशले संसदले गरेको काम रोक्न आदेश गर्नुभयो। जसरी एकजना न्यायाधीशले संसदले गरेको निर्णयमा रोक लगाउनुभयो। त्यो ठीक भयो भएन? संसदले गरेको प्रस्ताव निर्णय संसदले गर्छ। सर्वोच्चको आदेशले विशेषाधिकार हस्तक्षेप भएको महसुस गरेका छौँ।

प्रत्येक प्रधानन्यायाधीशले कार्ययोजना सुनाउँछन् तर कार्यान्वयन गर्दैनन्। किन ?

 

हितराज पाण्डे

पदबाट अवकाश पाउँदै गर्दा कार्ययोजनाबारे सम्पन्न भएका काम कारवाही भए नभएको कसरी काम गर्ने? बाँसका सुप्लादेखि हिजोका हाते प्रणाली संग्रहित गर्न म्युजियम बनाउनेबारे योजना बनाउनुभएको छ वा छैन?

स्थानीय तहमा न्यायिक समिति गठन गर्ने व्यवस्था संविधानमा व्यवस्था छ। ६ वटा प्रदेशमा निर्वाचन सम्पन्न भइसकेको छ। न्यायिक समिति व्यवस्थापन गर्न र प्रशिक्षण गर्न यहाँले केही योजना बनाउनुभएको छ वा छैन?

 

भानुभक्त ढकाल

न्यायपालिकामा विगतमा मुद्दा प्रभावित पार्ने विचौलियाको भूमिका पृथक हुन्थ्यो अहिले बेञ्च सपिङ गर्ने प्रचलन छ। यसलाई प्रभावमुत्तः पार्ने तपाईको योजना के छ?

सरकारबादी मुद्दाका पक्ष सरकारी वकिल यो मुद्दा यो बेञ्चमा पर्‍यो बहस गर्दिन भन्ने व्यवस्थाले थिति बस्छ वा अजराजकता हुन्छ?

न्यायपालिका भित्र फैसला हुने कतिपय विषय संविधान र ऐनको यो प्रावधान भन्दा पनि भावनामा हुने व्यवस्था भयो भन्ने भयो। संविधान र कानुनले प्रमाणित गर्ने वा भावनामा फैसला गर्ने?

मुस्कानसहितको नारा आफैमा राम्रो नारा छ  प्रहरीले पनि बामदेवको पालामा मुस्कानसहितको सेवा सुरु गरेको थियो। नारामा राहत नै थियो। व्यवहारमा ढाड सुस्काउने नै रह्यो। अदालतमा चाकडी बढी हुन्छ भनेको ठाउँमा यसले कुनलाई कसरी प्राथमिकतामा पार्छ कि भन्ने हो।

 

अनिता परियार

न्यायपालिका राजीतिक रुपमा मुक्त हुन सकेन भन्ने आरोप छ। यसबाट मुक्त गर्ने तपाईँका योजना के छन्। संविधानले महाभियोगको व्यवस्था स‍विधानले गरेको छ । तथ्यपरक छ वा छैन छानविन गर्ने व्यवस्था छ। तपाइलाई यो अवस्था आएमा कार्यबाहकमार्फत अन्तरिम आदेशका लागि अदालतको दैलोमा जानुहुन्छ वा हुन् ?

 

सइन्द्र वान्तवा 

न्यायलय सुधारका लागि कार्ययोजना पेस गर्नुभएको छ। तपाईका योजना कार्यान्वयन गर्ने संयन्त्र र पद्दति के हुन्।

 

धर्मनाथ प्रसाद साह

हाम्रो सुनुवाइ व्यवस्थामा जनताको आशा घटिरहेको छ। उजुरी हाल्न छाडेका छन्। तपाईँले खुशी व्यक्त गर्नुभयो राम्रो काम गरेछु भन्ने मलाई पनि खुशी लागेको छ भन्नुभयो। तर, हाम्रा काम कारबाहीले सुनुवाइको औचित्यमा प्रश्न उठाइरहेको छ।

 

बालकृष्ण खाँण

लिखित कार्ययोजना पेस गर्नुभएको छ। तत्कालीन उजुरी टकटकेका रुपमा थिए। न्यायाधीशका रुपमा राम्रो कार्यसम्पादन गर्नुभएछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell