PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

एसियन क्याडेट तथा जुनियर जुडोमा मनितालाई कास्य



पहिलोपोस्ट

एसियन क्याडेट तथा जुनियर जुडोमा मनितालाई कास्य
फोटो सौजन्य : नेपाल जुडो संघ

काठमाडौं : किर्गिस्तानको बिस्केटमा भइरहेको ११औं एसियन क्या८ट तथा १५औं जुनियर एसियन जुडो च्याम्पियनसिपमा नेपालकी मनिता श्रेष्ठ प्रधानले कास्य पदक जितेकी छिन्।

५७ केजी मुनी तौल समूहमा ताजिकिस्तानमा गुललोएभा फजिलाटलाई इप्पोनको आधरमा र उज्वेकिस्तानको ममेदोभा अमिनालाई तीन वाजारी अंकले हराइन्।

त्यसअघि मनिताले भारतकी सावित्री सावित्रीलाई गोल्डेन वाजारीमा हराएकी थइन्।

यस्तै पुरुषतर्फ ६० केजीमुनी तौल समूहमा नेपालका किरण गदेल इरानी खेलाडी सेढिगी मोहमेदरेजासँग हान्सकु पेनाल्टी मा पराजित भए। ६६ केजी मुनीत तौलसमूहमा नेपालका इन्द्र बहादुर श्रेष्ठ आयोजकका राष्ट्रका तुर्दुभाएव एर्टवरसँग तीन वाजारी अंकले पराजित भए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell