
भक्तपुर : मध्यपुरथिमी नगरपालिका गठ्ठाघरमा बस र मोटरसाइकल गएराति आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक ललितपुर बंगलामुखी बस्ने १७ वर्षीय अशिम श्रेष्ठको मृत्यु भएको हो। पछाडि बसेकी इकु जोशी घाइते भएकी छिन्।
इकुको गम्भीर अवस्थामा बी एण्ड बी अस्पताल, ग्वार्कोमा उपचार भइरहेको छ। बस चालक रामकुमार महत महानगरीय प्रहरी वृत्त थिमीको नियन्त्रणमा छन्।
भक्तपुरबाट काठमाडौँतर्फ गइरहेको शैलुंगेश्वरी यातायातको बा४ख १९९१ नम्बरको बस र भक्तपुरतर्फ आइरहेको बा८५प ९९२८ नम्बरको मोटरसाइकल अरनिको राजमार्गअन्तर्गत गठ्ठाघर चोकमा आपसमा ठोक्किएर दुर्घटना भएको थियो । रासस