PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

फिलिपिन्सको मारावी द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ५३७ पुग्यो



रासस

फिलिपिन्सको मारावी द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ५३७ पुग्यो

मनिला : फिलिपिन्सको दक्षिणी सहर मारावीमा जारी द्वन्द्वका कारण शुक्रबार साँझसम्म मृत्यु हुनेको सङख्या ५३७ पुगेको छ।

फिलिपिन्सको सेनाले ९३ प्रहरीसहित मारिनेको संख्या ५३७ पुगेको जानकारी दिएको हो।

 युद्धमा ३९९ इश्लिामिक लडाकू र ४५ सर्वसाधारण नागरिकको मृत्यु भएको फिलिपिन्सको सशस्त्र सुरक्षाबलका प्रवक्ता रेस्टिटुटो पादिलाले बताए।

मारावी र वरपरको विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाही जारी रहेकाले मृतकको सङ्ख्यामा थप बृद्धि हुनसक्ने उनको अनुमान छ। 

यहाँको इश्लिामिक समूहको नियन्त्रणमा रहेको एकमात्र सहर मारावीमा गत मे २३ गते इश्लामिक स्टेट (आइएस) समूहले एउटा अस्पताल, विद्यालय, र सरकारी कार्यालय भएका केही भवन नियन्त्रणमा लिने असफल प्रयास गरेपछि यहाँ तनाव सिर्जना भएको थियो।

उक्त क्षेत्रलाई पिपलिपिनी आइएस समूह तथा अन्य इश्लामिक आतङ्वादी समूहको सुरक्षित आधार क्षेत्र बनाउने लक्ष्यका साथ आक्रमण गरेपछि सहरमा विद्रोहीको प्रभाव स्थापित गर्न नदिन सरकारले सुरक्षा कारबाही सुरु गरेको थियो। रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell