PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

युएईसँग किन हार्‍यो नेपाल? प्रशिक्षक शाक्यले दिए यस्तो कारण



पहिलोपोस्ट

युएईसँग किन हार्‍यो नेपाल? प्रशिक्षक शाक्यले दिए यस्तो कारण
गोल गरेपछि खुशी मनाउँदै युएईका खेलाडी, फोटो : एएफसी

काठमाडौं : सन् २०१८ मा हुने एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्सको पहिलो खेलमै नेपाल-२३ घरेलु टोली युएईको यू-२३ टोलीसँग ५-० को फराकिलो अन्तरमा पराजित भयो।

डिफेन्सको गल्तीका कारण नेपालले पहिलो हाफमै ४ गोल बेहोरेको थियो। नेपालका खेलाडीले युएईलाई दुई पेनाल्टीको मौका समेत दिए, जसमा युएईका खेलाडीले सजिलै गोल गरे।
 

समूह डी अन्तर्गत युएईको अल अइनस्थित तहनोउन बिन मोहम्मद स्टेडियममा भएको खेलमा अहमेद अल हश्मीले आठौँ र २०औं मिनेटमा गोल गरे। नेपालका गौरब बुढाथोकीले सोहइल साइदलाई लडाएपछि युएईले आठौँ मिनेटमा पेनाल्टी पाएको हो।

मोहम्मद अल अकबेरीले २२औं तथा खालिद बवाजिरले ३३औं मिनेटमा गोल गरे। युएईका लागि अन्तिम गोल ६०औं मिनेटमा मोहम्मद अल हम्मादीले गरे।  

हारपछि नेपालका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले नेपालले अनावश्य पेनाल्टी दिएको र गर्मीका कारण युएई विरुद्ध रणनिती बनाउन नसकेका प्रतिक्रिया दिए।

'पहिलो खेल भएका कारण केटाहरुले धेरै नराम्रो खेलेका होइनन्। युएईको टीम राम्रो थियो र हामीले विपक्षीलाई दुई पेनाल्टी दिएर गल्ती गर्‍यौँ।'

'उनीहरु घरेलु टोली भएको र गर्मीमा पनि खेल्न सक्ने भएका कारण युएईलाई कसरी रोक्ने भन्ने नेपाली खेलाडीले थाहा पाएनन्। यहाँको तापक्रम ४० डिग्री छ तर नेपालमा अहिले पानी पर्ने सिजन छ। त्यही भएर हामीले खेल हार्‍यौँ। युएई धेरै उच्च कोटीको टिम हो र शारिरिक रुपमा पनि उनीहरु हामी भन्दा माथि थिए।'

युएईका प्रशिक्षक हशन अल अबदोलीले नेपाल जस्तो बलियो टिम विरुद्ध जित हात पारेको कारण नतिजामा कुनै बढाइचढाइ नगर्ने बताए।

उनले आफ्नो टीमले नेपालसँग खेल्न अघि रम्रो तयारी गरेको पनि प्रतिक्रिया दिए। 'हामीहरुले चेन्जिङ रुपमा जित हात पार्ने योजना बनाएका थियौँ र हासिल पनि गर्‍यौँ।'

समूह डी कै अर्को खेलमा उज्वेकिस्तानले लेवनानलाई ३-१ ले हरायो। जितपछि युएई र उज्वेकिस्तानले समान ३ अंक जोडेका छन् भने नेपाल र लेवनान अंकविहिन छन्। अर्को खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ भने युएईलेलेवनानसँग खेल्नेछ।

म्याच हाइलाइट्स

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell