PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

एडिलेडपछि सिड्नी यात्रामा नेपथ्य, अस्ट्रेलियामा कन्सर्ट जारी



पहिलोपोस्ट

एडिलेडपछि सिड्नी यात्रामा नेपथ्य, अस्ट्रेलियामा कन्सर्ट जारी

अष्ट्रेलियामा जारी नेपथ्यको संगीत यात्रा अन्तर्गत दोश्रो कन्सर्ट सम्पन्न भएको छ। शनिबार एडिलेडको ‘नरउड कन्सर्ट हल’मा नेपथ्यले प्रस्तुती दिएको हो।

‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरुलाई एकतामा जोड्ने काम गर्छ,’ आयोजक समितिका खुम घले भन्छन्, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुको आनन्द हो।’

कार्यक्रममा नेपथ्यले भर्खरै रिलिज भएको म्यूजिक भिडियो ‘घरको कुरा’, ‘शिरफूल’, ‘हामी नेपाली’, ‘यो जिन्दगानी’ लगायत केहि देशभक्तिमा, लोकधुनमा आधारित र भावनात्मक गीतहरु सुनाए।



दुइ घन्टा लामो कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए।

नेपथ्य अब सिड्नी प्रस्तुतीका लागि न्यु साउथवेल्स राज्यतर्फ प्रस्थान गर्ने छ। लुना पार्कको अडिटोरियममा जुलाइ २२ तारिखका दिन यो वर्षका लागि अस्ट्रेलियामा नेपथ्यको तेस्रो कन्सर्ट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell