PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

आफ्नै रोलमोडललाई हराउँदै गार्बिन मुगुरुजा बनिन् विम्बलडन च्याम्पियन



पहिलोपोस्ट

आफ्नै रोलमोडललाई हराउँदै गार्बिन मुगुरुजा बनिन् विम्बलडन च्याम्पियन

स्पेनी गार्विन मुगुरुजाले यस सिजनको विम्बलडन टेनिसको उपाधि जितेकी छिन्।

किरयरको दोस्रो ग्राण्ड्सलाम उपाधि जित्ने क्रममा उनले अमेरिकी भेट्रान खेलाडी भेनस विलियम्सलाई ७-५, ७-० ले हराइन्।

आफ्नै रोलमोडललाई हराउदै पिहलो पटक विम्बलडनकव उपाधि जित्नुलाई मुगुरुजाले अनौठो उपल्बधी भएको बताएकी छन्।

मुगुरुजाले गत वर्ष फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्। यस्तै गत वर्षको विम्बलडन फाइनलमा मुगुरुवा सेरेना विलियम्ससँग पराजित भएकी थिइन्।

'म यसपटक हार्न चाहन्नथे किनकी मलाई फरक थाहा थियो। म एकदमै खुशी छ।' २३ वर्षिय मुगुरुजाले भनिन्। 'म आफैले फेरी एकपटक ग्राण्ड्सलाम जितेको देख्न पाउँदा धेरी खुशी छ, जुन उपलब्धी पाउन धेरै गाह्रो हुन्छ। यो भनेको धेरै आत्मविश्वास हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell