PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कोनकाकाफ गोल्डकप : आयोजक अमेरिका र पनामा क्वाटरफाइनलमा



पहिलोपोस्ट

कोनकाकाफ गोल्डकप : आयोजक अमेरिका र पनामा क्वाटरफाइनलमा

घरेलु भूमिमा भइरहेको कोनकाकाफ गोल्डकपमा अमेरिका समूह बी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकासँगै पनामा पनि समूह बी को उपविजेता बन्दै अन्तिम ८ मा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा गएराती अमेरिकाले निकारागुवा र पनामाले मार्टिनिकलाई समान ३-० ले हराए। अमेरिका र पनामाले अपराजित रहदै समूहमा समान ७ अंक जोडेपनि गोलअन्तरमा अमेरिका समूहविजेता बनेको हो।

क्लेभल्याण्डस्थित फर्स्ट इनर्जि स्टेडियममा भएको खेलमा अमेरिकालाई जिताउन जोए कोरोना, केइलिन रोवे र माट मिएजगाले गोल गरे।

यता पनामाको जितमा अमिर मुरिलो, अबदिल अरोयो र गाब्रिएल टोरेसले गोल गरे।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell