PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

चीनको एक आवासीय भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु



रासस

चीनको एक आवासीय भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु
फोटो श्रोतः sina.com

म्यानजिङः चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ।

 प्रान्तका स्थानीय अधिकारीहरुले आइतबार बिहानै अकस्मात सो घरमा आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रकहरुको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् । 

उनीहरुले आइतबार बिहान सबेरै करिब साढे चार बजेतिर दुई तले एक आवासीय घरमा आगलागी सुरु भएको बताएका छन् । 

यासुङ् बजारमा रहेको सो घरमा भएको आगलागी भएपछि उद्वारका लागि छोटै समयमा नै उद्वारकर्ताहरु पुगेपनि कतिपयको आगोमा निसास्सिएर ज्यान गएको बताइएको छ । 

आगलागीका समयमा कतिजना व्यक्ति बसिरहेका थिए भन्ने बारेमा केही खुलेको छैन।

यस विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ। आगलागीबाट दुई जना गम्भिर घाइते भएका छन्। अहिले आगो नियन्त्रणमा आइसकेको छ । रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell