PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सुरभी मानन्धर बनिन् 'मिस डिफ एसिया२०१७'



पहिलोपोस्ट

सुरभी मानन्धर बनिन् 'मिस डिफ एसिया२०१७'

काठमाडौं: 'मिस डिफ इन्टरनेशनल २०१७'मा मिस डिफ एसियाको उपाधी नेपालकी सुरभी मानन्धरले जितेकी छिन्। फ्रान्सको पेरिसमा आयोजित कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा उनलाई एसियाको तर्फबाट बिजेता घोषित गरिएको हो। सुरभी २०१७ का लागि मिस डिफ नेपाल हुन्।

मिस एण्ड मिस्टर डिफ इन्टरनेशनलका लागि नेपालकातर्फबाट सुरभी मानन्धर र जनक राज भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए। सुरभीले एसियातर्फ शिर्ष उपाधी हात पारे भने जनक उत्कृष्ट पाँचमा पर्न सफल रहे।



हरेक वर्ष बिजेता घोषित मिस र मिस्टर डिफले 'मिस एण्ड मिस्टर डिफ इन्टरनेशनल'को एम्ब्यासडरको रुपमा काम गर्न पाउनेछन्। प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो। काठमाडौंकी सुरभी मानन्धर केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालयकी विद्यार्थी हुन्।

मिस नेपाल २०१६ अश्मि श्रेष्ठले फेसबुक मार्फत सुरभी र जनकलाई बधाई व्यक्त गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell