PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

असार सकियो तर लमजुङमा रोपाइँ सकिएन



रासस

असार सकियो तर लमजुङमा रोपाइँ सकिएन

लमजुङ : लमजुङका खेतीयोग्य जमिनमध्ये अझै पनि आधा भागमा रोपाइँ बाँकी छ । पर्याप्त पानी नपरेकाले रोपाइँमा ढिलाइ भएको हो । 

जिल्लाका केही भागमा जेठको अन्तिमबाट नै रोपाइँ सुरु गरिए पनि अधिकांश ठाउँमा रोपाइँ सुरु हुन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । समयमै पानी नपरेका कारण ५० प्रतिशत रोपाइँ अझै बाँकी छ । 

कार्यालय प्रमुख कृष्णभद्र अधिकारीले असार सकिँदा पनि जिल्लाका केही ठाउँमा मात्र रोपाइँ भएको जानकारी दिए। जिल्लामा वर्षे र चैते धान गरी १६ हजार ४६३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । जिल्लामा वार्षिक ५० हजार ८६२ मेट्रिक टन धान उत्पादन हुने कार्यालयले जनाएको छ । 
रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell